July 31, 2021, Saturday
२०७८ श्रावण १६

झण्डा जलाउदै देशद्राेही गीत काण्डमा संलग्न एक पक्राउ ,अरुकाे खाेजि तिव्र

307

‘देशद्रोही’ नामको म्युजिक भिडियाेमा नेपालको झन्डा जलाएर भिडियो बनाउनेको चौतर्फी बिरोध भएपछि प्रहरीले अनुसन्धान थालेको छ । धेरैले उक्त गीतका गायकलाई कडा कारबाहीको माग गर्दै सामाजिक संजालमा बिरोध गरेका छन् भने भिडिओलाई हटाउन समेत माग गरेका छन ।नेपालको झण्डा जलाउँदै गरेको भिडियो बनाएर युट्युबमामा राख्नेमध्येका एक जनालाई भने  प्रहरीले पक्राउ गरेको छ । प्रहरीले म्युजिक भिडिओका क्यामेराम्यान  इराक लिम्बूलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको । 

स्रोतका अनुसार याेजनाकार भनिएकाा ग्यालेन दाेर्जे

मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडियाेमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गरिएको छ ।
गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा जलाउँदै गरेको दृश्य देखाइएको छ । राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई ३ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।
अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्छ ।उक्त गितमा प्रमुख भुमिका मकवानपुरका ग्यालेन दाेर्जे तामाङकाे रहेको स्राेतले बताएको छ ।