October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

खु,कुरी हान्ने चार जनालाई प्रहरीले समात्याे

1.8K

मुसिकोट नगरपालिका– १२ का एक युवकमाथि खु,कुरी प्रहार गर्ने चारजनालाई रुकुम पश्चिम प्रहरीले प,क्राउ गरेको छ । साउन २७ गते राति मुसिकोट–१२ जमारुका २२ वर्षीय देवीलाल नेपालीलाई खु,कुरी प्रहार गर्ने मुसिकोट–४ सोलावाङका २५ वर्षीय कृष्ण भन्ने लक्ष्मण खड्का, २१ वर्षीय कुमार वन सन्यासी, २४ वर्षीय भूषण खड्का र १८ वर्षीय कुमार भन्ने विकास खड्का प,क्राउ परेका हुन् ।

कृष्णाष्टमीको नाच हेर्न सोलावाङबाट जमारु गएका उनीहरूबीच विवाद हुँदा नेपालीमाथि खु,कुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खु,कुरी प्रहारबाट नेपालीको निधारमा गम्भीर चो,ट लागेको र उनको नेपालगन्जमा उपचार भइरहेको छ ।ज्या,न मार्ने उद्योगअन्तर्गत उनीहरूलाई पक्राउ गरी जिल्ला अ,दालतमा मंगलबार मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

Recent Update