January 28, 2021, Thursday
२०७७ माघ १५

इमर्जेन्सी बिरामीको उपचार हुन नसक्ने दिन आए के गर्ने ?

470

मेराे डिउटी प्रायः अस्पतालकाे इमर्जेन्सी कक्षमा पर्छ,यहाँ बसेर म नियमित कार्य गर्छु ।इमर्जेन्सीमा विभिन्न प्रकारका बिरामी आउछन् ।निर्धक्क भएर बिरामीको चेकजाँच गर्ने वातावरण त कहाँ छ र ? डाक्टर देखि बिरामी अनि बिरामी देखि डाक्टर सशंकित हुने समय यस्तै छ ।अलिकति ज्वरो बढेको बिरामी आए झन थप सतर्कता अपनाउनुपर्ने अनिवार्यता छ । देशको सुरुमा आतंकित बनेको वातावरण ,विचमा केही आशा पलाएको वातावरण तर अहिले पुरै भयावह बनेको वातावरण ।

यस्तो संकटकाे सामाना यतिबेला सबैले आफ्नो ठाउँबाट सकेजति याेगदान गरेर अगाडि बढनु पर्ने अवस्था छ ।तर अवस्था जटिल भनेर जथाभावी अत्तालिनु पनि आवश्यक छैन ।काेराेना संक्रमणलाई राेकथाम गर्न अपनाउनु पर्ने मापदण्ड तथा सरकारले अगाडि सारेका रणनीतिहरुकाे पालनामा कसैले लापरबाही नगराै ।अवस्था चुनाैतिपुर्ण छ ।यतिबेला अर्को चिन्ता र झन खतरा चुनाैति अगाडि बढिरहेको छ,त्यो के भने काेराेना संक्रमितकाे कारणले अन्य विरामीले उपचार पाउन नसक्ने देखिन्छ । याे झन अन्याय र अनाहककाे दुर्भाग्यपूर्ण अवस्था हुनेछ ।काेराेना संक्रमित बढदै गए अरु राेगका बिरामी प्रभावित हुने र अनाहकमा ज्यान गुमाउन सक्ने खतरालाई गम्भीर रुपमा लिनुपर्छ ।

हामी स्वास्थ्यकर्मीहरु अहिले काेराेना भाइरस महामारीको युद्ध सँग अत्यास लाग्दाे लडाइँ लडिरहेका छाै ।काेराेना सँग लडन हामी सँग उचित हतियार पनि छैन ।त्यसकारण काेराेनाकाे आक्रमण समुदाय स्तरमा पनि फैलिसकेको छ ।मानव जातिकै लागि अनेक खाले जाेखिम र चुनाैति पन्छाउन चानचुने कुरा छैन ।विभिन्न अस्पतालका इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी नै संक्रमित भएपछि इमर्जेन्सी कक्ष नै शिल गर्नुपर्ने अवस्था आएको छ ।इमर्जेन्सी आइरहने हृदयघात, सर्पकाे टाेकाइ,बेहाेस, दम, निमाेनिया, बिष सेवन, अात्महत्या प्रयास,धेरै दुखाई भएका बिरामी,बिभिन्न दुर्घटना जस्ता घाइते तथा विरामीहरुकाे उपचार अवस्था प्रभावित हुने खतरा बढदै गएको छ । काेराेनाले के डाक्टर ,काे पत्रकार,काे मन्त्री ,काे हाकिम केही भन्नेवाला छैन ।एकपछि अर्को ठाउँमा निषेधाज्ञा ,लकडाउनहरु धमाधम भैरहेका छन ।संक्रमितहरुकाे संख्या थपिदै जादा उपचार कक्षहरु पनि भरिभराउ हुनेछ ।याे भन्दा ठुलो महासंकट हामीले बेहाेर्न बाँकी नै छ तसर्थ आफू बाँचाै अरुलाई बचाउ । इमानदार नागरिक बनेर आज्ञा पालना गराै,उपचार पाएपछि बाच्न सक्ने मान्छे उपचार नपाए मर्ने दिन नआओस ।

लेखक गाेबिन्द खड्का बर्दियाकाे गुलरियामा अहेब पदमा कार्यरत छन ।