April 18, 2021, Sunday
२०७८ बैशाख ५

बहिनी बलत्कार गरेको आराेपमा दाइ पक्राउ

138

सल्यानमा १२ वर्षीया बहिनीलाई बलात्कार गरेकाे आराेपमा दाजुलाइ प्रहरीले पक्राउ गरेकाे छ । जिल्लाकाे कपुरकोट गाँउपालिका निवासी दाइ नाता पर्ने २४ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेकाे हाे

साउन ३० गते घर नजिकैको गोठमा बलात्कार गरेको भन्दै पीडित पक्षले भाद्र १ गते प्रहरीमा जाहेरी दिएपछि साेहि दिन आरोपितलाइ गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

आरोपितलाइ जिल्ला अदालतबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण अाेलीले जानकारी दिए ।