October 22, 2020, Thursday
२०७७ कार्तिक ७

दाेलखाका दिलिप खाेलाले बगाउँदा सल्यानमा बेपत्ता

471

खाेलामा आएको बाढीले बगाउदा सल्यानमा दाेलखा जिल्ला घर भएका दिलिप केसि बेपत्ता भएका छन ।सल्यानकाे बनगार्ड ५ नाथेखाेलामा आएको बाढिले दाेलखाका केसीलाई बगाएको हाे ।उनी मजदुरीकाे लागि सल्यान पुगेका थिए ।केसी उक्त खाेलामा बन्दै गरेको पुलमुनि बस्दै आएका थिए ।

उनी सँगै सुतेका अन्य ६ जना पाैडि खेलेर ज्यान बचाउन सफल भएका थिए ।बेपत्ता केसीको खाेजि कार्य नेपाल प्रहरी ,नेपाली सेना ,स्थानीयबासीकाे सहयोगमा भैरहेको सबुज गण सल्यानका सेनानी राजेश कार्कीले जानकारी दिए ।सेनानी कार्कीका अनुसार जिल्लामा घटेका अन्य प्राकृति बिपद् का घटनाहरुकाे उद्दारमा पनि नेपाली सेना खटिरहेकाे छ ।

Recent Update