October 29, 2020, Thursday
२०७७ कार्तिक १३

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि

144

काठमाडौं – गण्डकी प्रदेशमा बुधबार पनि गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या १ हजार ७७९ पुगेको छ ।

कोरोना संक्रमित हुनेहरुमा तनहुँका २ जना र नवलपरासी पश्चिमका १२ जना छन् ।

Recent Update