July 31, 2021, Saturday
२०७८ श्रावण १६

कालीकोटमा पहिरोः ४ जना बेपत्ता

165

सुर्खेत – कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन ।

पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र ९ वर्षीय रमित सहकारी रहेको उनले बताए ।

बेपत्ता भएका उनीहरुको खोजी कार्य भैरहेको एसएसपी बास्तोलाले जानकारी दिए ।