October 22, 2020, Thursday
२०७७ कार्तिक ७

विश्वभर कोरोना अपडेटः २ करोड २५ लाखभन्दा बढी संक्रमित

150

काठमाडौं –  कोरोना भाइरस संक्रमितको संख्या विश्वभर २ करोड २५ लाख नाघेको छ ।

एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ५०० जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९० हजार ७८८ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५२ लाख ९१ हजार ७०२ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार १७४ जनाको मृत्यु भएको छ । ३२ लाख ४७ हजार ४३८ जना संक्रमित भएकोमा १९ लाख ४१ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५२ हजार ५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६७ लाख २१ हजार ६६१ पुगेको छ । त्यसमध्ये ३७ लाख ४६ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २४ हजार ९२० जनाको मृत्यु भएको छ । ५९ लाख २७ हजार ९९२ जना संक्रमित भएकोमा ४६ लाख ३३ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८१ हजार ६९५ जनाको मृत्यु भएको छ । ५४ लाख ८४ हजार ३९१ जना संक्रमित भएकोमा ४० लाख ७८ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २६ हजार ६८५ जनाको ज्यान गएको छ भने ११ लाख ५१ हजार ६९५ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ७४ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४७६ जनाको मृत्यु भएको छ ।

Recent Update