July 31, 2021, Saturday
२०७८ श्रावण १६

लिदी पहिरो अपडेटः बेपत्ता मध्ये थप ३ शव भेटियो

93

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ ।

योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ । बेपत्ता ११ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पाँच वर्षीय  सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र  १८ वर्षीया ललिता दोङको शव  फेला परेको हो ।

गत शुक्रबार बिहान गएको पहिरोमा ३९ जना बेपत्ता भएका थिए । हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन् ।