October 27, 2020, Tuesday
२०७७ कार्तिक ११

मदिराले मात्तिएका युवाले आक्रमण गर्दा २ हवल्दार घाइते

789

मदिराले मात्तिएका युबाहरुले एक्कासि आक्रमण गर्दा रुकुमको पश्चिम चौरजहारीमा २ जना नेपाल प्रहरीका हवल्दार घाइते भएका छन । नगरपालिकाकाे सात नम्बर वडा मेलैनाउलीमा २ प्रहरी हवल्दार माथी आक्रमण भएको हाे । इलाका प्रहरी कार्यालय चौरजहारीमा कार्यरत प्रहरी हवल्दार मोहन परियार र पूर्णबहादुर थापालाई स्थानीय मदिरा सेवन गरेका युवाहरूले आक्रमण गरेका हुन ।

बुधबार बेलुका आक्रमणमा परेका दुवै जनाको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । थापालाई सामान्य चोट लागेको छ भने परियारको टाउकोमा गहिरो चोट लागेको जनाइएको छ । मदिरा सेवन गरेर हल्ला गरिरहेको स्थानमा सादा पोशाकमा पुगेका हवल्दार माथि उनीहरुले दाउरा प्रहार गरेका थिए ।
घटना संलग्‍न चौरजहारी नगरपालिका ३ का टिकाराम ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ३ नम्बर वडाकै गोपाल बुढा भद्र बस्नेत भाष्कर बस्नेत विक्रम घर्ती लगाएतले आक्रमण गरेका थिए।

इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरीक्षक धर्मसिह विष्टले विवाद मिलाउने क्रममा प्रहरीमाथि आक्रमण भएको बताए । वडा सदस्य शशिराम विकको घरमा विवाद भइरहेको भनेर खबर आएपछि विवाद मिलाउन गएका प्रहरीमाथि आक्रमण भएको थियो । घटनामा संलग्‍न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक ठग बहादुर के सि जानकारी दिएका छ्न ।

Recent Update