October 29, 2020, Thursday
२०७७ कार्तिक १३

युवतीलाई एसिड प्रहार गर्ने पुर्पक्षका लागि कारागार चलान

429

गएको साउन ८ गते काठमाडौँको सीतापाइलामा ओखलढुंगाकि २२ बर्षकि एक युवतीमाथी एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । साथै अदालतले एसिड प्रहारमा परेकी युवतीको उपचारका लागि राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ । बिहीबार मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहकाे आदेशले यस्तो फैसला गरेको हाे ।यस अगाडि पिडितलाई क्षतिपूर्ति दिए पनि मुद्दा फैसलापछि मात्र दिने नजीर थियो । तर यो पटक प्रारम्भिक सुनुवाइमै अदालतले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।यस्तो आदेशले पीडितलाई उपचारमा सहयोग पुगेको छ भने न्याय पाएको अनुभूति पनि भएको अधिवक्ता राधिका खतिवडाले बताइन् ।अधिवक्ता खतिवडाले उक्त घटनामा पिडितकाे पक्ष बाट निशुल्क बहस गर्न सय जना वकिल तयार गर्ने र पिडितलाई उपचार गर्न आर्थिक संकलन अभियान समेत चलाएकि थिइन् ।बिहिवारकाे बहसमा पीडित कार्कीको तर्फबाट १ सय जना कानुन ब्यवसायीले वकालतनामा पेश गरे पनि राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौला लगायत १० जनाले बहस गरेका थिए ।

Recent Update