June 17, 2021, Thursday
२०७८ असार ३

रुकुमको बिद्युत छिन छिनमा झ्याप्प झ्याप्प

463

रुकुम पश्चिमकाे बिद्युतसेवा अनियमित हुदा उपभोक्ताहरुले हैरानी बेहोर्नु परेको छ ।रुकुम पश्चिमको सदरमुकाम मुसिकोट बजार लगाएत केन्द्रीय बिद्युतलाइन विस्तार भएको ठाउँका उपभोक्ताहरु बत्ती छिन छिनमा जाने समस्याका कारण हैरान बनेका हुन ।देशभर लाेडसेरिङ हटेपनि रुकुमका उपभोक्ताहरुले भने विगत केही बर्ष यता यस्तो समस्या झेल्दै आएका छन ।

केन्द्रिय लाइन बिद्युत सेवा बिस्तार भएको ४ बर्ष सम्म पनि जिल्लामा सवस्टेशन नहुदा बिद्युतले उपभोक्ताहरुलाई यस्तो समस्या दिने गरेको हाे ।हाल सल्यानकाे श्रिनगरमा रहेको सवस्टेशन बाट त्यति लामाे दुरीकाे सेवामा काम गर्दै आएको छ ।यहि कारणले बिद्युत अनियमिततामा समस्या आउने गरेको सम्बन्धित पक्षको भनाइ छ ।हिउँदमा र बर्षातमा रुकुमको बत्तीको ताल उस्तै हुने उपभोक्ताहरु बताउछन् । हिउँदमा पनि उस्तै हाे,बर्षाकाे समयमा झन पाेलहरु ढल्ने ,पहिराे जाने आदि कारणले बत्तीले सताउछ खलंगाका एक व्यापार भन्छन् ।

उक्त बिद्युत केन्द्रिय लाइन अहिले रुकुम पुर्बको रुकुमकोट सम्म बिस्तार भएको छ । ११ केभि क्षमता भयकाे सबस्टेशनले अत्यधिक भार धान्न नसक्दा रुकुम पश्चिममा यस्तो समस्या आएको बिद्युत कार्यालय बताउछ ।