June 17, 2021, Thursday
२०७८ असार ४

कसैको मृ’त्युमा तपाईं हामीले लेख्ने गरेको ‘RIP’ को खास अर्थ के ? थाहा पाउनुहाेस….

1K

कसैको मृ’त्युको खबर सुन्ने वा देख्ने बित्तिकै सामाजिक संजालमा जसले पनि ‘रिप’ लेखेका हुन्छन् ।सामाजिक संजालमा धेरै देखिने शब्द हो ‘रिप’ ।खासमा कसैको मृ’त्युमा श्र’द्धाञ्जली या स’मबेदनामा रिप लेख्ने गरिन्छ । यो एउटा फेसन नै बनिसकेको छ भन्दा पनि फरक नपर्ला । तर रिप भनेको के हो, यसको खास अर्थ के हुन्छ ? यस बारेमा सायद थोरैलाई मात्र थाहा होला ।

सन १८०० शताब्दीमा ल्याटिन शब्द Requiescat in pace वाट सुरु भयेको यो शब्द को पुरा रुप Rest In Peace हो । जस्को अर्थ “शान्ति संग आराम गर” हुन्छ । यो शब्द उनिहरुको लागि उपयुक्त हुन्छ जसलाइ एउटा सुरक्षित बाकस ( श’वबाकस) मा राखेर गाडिने गरिन्छ ।

किनकि इसाई र मुस्लिम धर्म मन्नेले उनीहरुको मान्यता अनुसार जुन दिन “जजमेन्ट डे” अथवा “कयामत को दिन ” (पर्लय ) आउनेछ त्यस दिन जति पनि गाडिएका श’वहरु छन् ति सबै पुनर्जीवित हुन्छन् ।

त्यसैले उनिहरुलाइ लक्ष्यित गर्दै भनिएको हो त्यस दिनको पर्खाइमा शान्तिपुर्ण आराम गरि बस्नु । तर पूर्बीय दर्शनशास्त्र र हिन्दु धर्मशास्त्र अनुसार शरीर एउटा नश्वर ( ना’श हुने ) हो र आत्मा अ’मर हुन्छ ।

त्यसैले हिन्दु शरीरलाई ज’लाउने गरिन्छ । त्यसैले त्यस्को लागि Rest In Peace को कुनै अर्थ छैन । हिन्दु धर्म अनुसार जव मानिसको मृ’त्यु हुन्छ उतिबेला नै उसको शरीरबाट आ’त्मा निस्केर कुनै न कुनै नयाँ जी’वाणु वा शरीरमा प्रवेश गर्दछ ।

त्यस नयाँ जिवनको लागि गति प्रदान होस भनेर आत्माको गतिको लागि मृ’त्यु क्रियाकर्म, श्रा’द्धकर्म र शन्तिपाठ गरिन्छ । त्यसकारण कुनै हिन्दु मृ’तात्माको लागि “हार्दिक श्र’द्धाञ्जली ” ; “भावपुर्ण श्र’द्धाञ्जली” ; “दिवंगत आत्माले सदगति पाओस ” ; “दिवंगत आत्माले शान्ति पाओस् “; ” परिवारप्रति हार्दिक समवेदना” भन्ने जस्ता उक्तिहरु लेख्न सकिन्छ ।

कुनै इसाई तथा इस्लाम धर्मलम्बीहरुमा मित्रहरू छन् भने उनीहरुको लगि RIP लेख्न सकिन्छ । हामी अल्छि भएर धेरै छोटो लेख्न खोज्दा जानी या नजानी आफ्नो मुल्य मान्यता सस्कृतिलाई असर पुर्याउन पुगेको छ । त्यसकारण कृष्चियन र मुस्लिम धर्मावलम्बीहरु बाहेकले प्रयोग गर्नु उचित हुदैन ।समाचार बाटिका बाट

Recent Update