विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु हुने भएका छन् ।बिहिबार मात्रै सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को हिजोको बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।
अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाण्डाै उत्रिसकेपछि होटल क्वरेण्टीनमा बस्नुपर्ने निर्णय भएको हाे । होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने छ । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ । पीसीआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्ने छ ।
विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको सूची पनि सार्वजनिक गरेको छ ।