April 19, 2021, Monday
२०७८ बैशाख ६

उत्तर कोरियाका नेता किमले बहिनीलाई किन गरे ‘थप शक्ति’ हस्तान्तरण ?

235

उत्तर कोरियाली सर्वोच्च नेता किम जङ-अनले बहिनी किम यो-जङलाई थप जिम्मेवारी हस्तान्तरण गरेको दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ।किमले अझै पनि ‘पूर्ण अधिकार’ आफूमै राखेको तर तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको उक्त संस्थाले जनाएको छ।किमले अहिले ‘सम्पूर्ण राजकीय मामिला चलाइरहेको’ न्याश्नल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरेको छ।

विगतमा उत्तर कोरियाको केही ममिलामा दक्षिण कोरियाली जासुसी संस्थाको दाबी गलत सावित भएको थियो।दक्षिण कोरियाको माथिल्लो सदनको बन्द छलफलमा उक्त दाबी गरिएको बताइएको छ।त्यसपछि सांसदहरूले उक्त आकलनबारे पत्रकारहरूसँग छलफल गरेका थिए।जासुसी संस्थालाई उद्धृत गर्दै भनिएको छ, “किम जङ-अनले अझै पनि पूर्ण अधिकार प्रयोग गरिरहेका छन् तर त्यसमध्ये केही थोरै-थोरै गर्दै हस्तान्तरण गरिएको छ।”

अब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको बनेको भनिएको छ।तर नेता किमले उनलाई ‘उत्तराधिकारी छानेका’ छैनन्।
नेता किमको निर्णय ‘राजकीय तनावबाट छुटकारा पाउने र नीतिगत विफलताको दोषबाट जोगिने’ उपाएको एउटा भाग भएको जसुसी संस्थाको भनाइ छ।तर कतिपय विश्लेषकहरूले बहिनी किम यो महिना भएका दुई महत्त्वपूर्ण बैठकहरूमा नदेखिएको भन्दै उनको घटुवा भएको अनुमान गरेको पनि बताइएको छ।

दक्षिण कोरियाको गुप्तचरी कति विश्वसनीय?

उत्तर कोरिया विश्वको बन्द समाज भएको देशमध्ये पर्छ।
दक्षिण कोरियाको न्याश्नल इन्टेलिजेन्स सर्भिसले अन्य संस्थाहरूभन्दा धेरै नै उत्तर कोरियाको गुप्तचरी गर्छ। तर उसको विगतको ठम्याइ मिश्रित खालको छ।उदाहरणका निम्ति सन् २०१६ मा उसकै भनाइमा दक्षिण कोरियाली सञ्चार माध्यमले उत्तर कोरियाली सेनाका प्रमुख रि योङ् गील मारिएको उल्लेख गरेका थिए।
तीन महिनापछि दक्षिण कोरियाली सरकारले पार्टी अधिकारीको सूचीमा उनको नाम रहेको भन्दै उनी जीवित देखिएको थियो । स्रोत बिबिसी