January 18, 2021, Monday
२०७७ माघ ५

प्रहरी माथि आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योग मुद्दा

509

केही दिन अगाडि प्रहरीमाथि आक्रमण गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मुद्दा दर्ता गरेकाे छ ।
चौरजहारीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार मोहन परियार र पूर्णबहादुर थापा माथि चिर्पट प्रहार गर्ने ४ जना विरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको हाे ।

चौरजहारी नगरपालिका–३ का २० वर्षीय गोपाल बुढाथोकी, २३ वर्षीय भाष्कर बस्नेत, २२ वर्षीय टिकाराम ओली र ८ नम्बर वडाका २२ वर्षीय विक्रम भनिने रोशन घर्तीले प्रहरीमाथि आक्रमण गरेका थिए । उनीहरु विरुद्ध अदालतबाट १० दिनको म्याद थप गरिएकाे छ ।