October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

कोरोना भाइरसकाे परीक्षण खोप नेपालमा रहेका चिनियाँ कामदारलाई परिक्षण गरिदै 

591

कोभिड-१९ विरूद्ध चीनमा तेश्रो चरणको परीक्षणमा रहेको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल अघि बढिरहेको बिबिसीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय हुँदै आएको उक्त प्रस्तावमा पश्चिम नेपालमा रहेको हाेङसी  सिमेन्ट कारखानामा कार्यरत चिनियाँहरूमा सो खोपको परीक्षण गराउने प्रस्ताव गरिएको बिबिसीले जनाएको हाे ।

अघिल्लो साता स्वास्थ्य मन्त्रालयले उक्त विषयबारे परराष्ट्र मन्त्रालयमा पत्र पठाएको र त्यसबारे परराष्ट्र र नेपालमा औषधि तथा खोपहरूको परीक्षणको नियमन गर्ने निकाय राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्‌बीच कुराकानी भइरहेको बुझिन्छ।।एक जना विज्ञले हालसम्म उपचार फेला नपरिसकेको कोभिड-१९ को खोप, उपचार र परीक्षण तीनवटै क्षेत्रमा भइरहेका अनुसन्धानमा नेपालले साझेदारी गर्नुपर्ने र जनस्वास्थ्य मापदण्ड पालना गरेर गराइने त्यस्ता परीक्षणमा नेपाली नागरिकहरूलाई पनि सहभागी गराइनुपर्ने धारणा राखेका छन्।

Recent Update