October 29, 2020, Thursday
२०७७ कार्तिक १३

काठमाडौ उपत्यकाको निषेधाज्ञा थप एकहप्ता बढाउने तयारी

840

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौ उपत्यकामा लागु गरिएको निषेधाज्ञाकाे समय थप हुने सम्भावना बढेको छ ।दिनदिनै काठमाडौ संक्रमणदर बढेपछि काठमाडौ ,भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु यसैलाई निरन्तरता दिदै थप एकहप्ता निषेधाज्ञा थप गर्ने मनस्थितिमा रहेको बुझिन्छ ।

सुरुमा २ हप्ता निषेधाज्ञा गर्ने तयारी गरेका प्रमुख जिल्ला अधिकारीहरु आफ्नो अधिकारले एकहप्ता भन्दा बढि निषेधाज्ञा गर्न नमिल्ने भएपछि तत्काललाई एकहप्ता गरेको बुझिन्छ ।आउदो १० गते राति १२ बजे हाल जारी निषेधाज्ञा सकिदै ।अत्यधिक भिडभाड र चहलपहल बढे सँगै काठमाडौमा काेराेना संक्रमणकाे अवस्था धेरै फैलिएको विज्ञहरुकाे अनुमान छ ।निषेधाज्ञा ,लकडाउन र बन्द मात्रै समस्याकाे समाधान हाेइन भनेर यस कदमकाे विज्ञहरु बाट बिराेध भैरहेको छ ।हाल गरिएको निषेधाज्ञा पनि प्रभावकारी नभएको आलोचनाहरु सुरु भएका छन ।

दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु किनमेलका लागि निश्चित समय नछुट्याउदा मानिसहरु अन्याेलमा किनमेल गरिरहेका छन ।निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयहरूले पनि एकैपटक भिड नहोस् भनेरै किनबेचका लागि कुनै समय नतोकेको बताएका छन्।

तीन जिल्लाका प्रमुख अधिकारीहरू हाल आफूहरूले विभिन्न पाटाबाट निषेधाज्ञालाई हेरिरहेको र त्यसैका आधारमा भविष्यमा आवश्यक कदम चाल्ने बताउँछिन “यो एक हप्तामा के कस्तो अवस्था देखाउँछ हेर्छौँ अनि त्यसै अनुसार निर्णय गर्छौँ,” पाण्डेले भनिन ।दुई हप्तासम्म निषेधाज्ञा कार्यान्वयन गरेर अवस्था मूल्याङ्कन गरी अघि बढन सुझाव आएको छ उनले भनिन ।

Recent Update