रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका–१२ काे पितिबाङ खाेलामा माटरेवल पुल नहुदा यात्रुहरुले कष्ट झेल्नुपरेको छ ।राप्ती राजमार्ग अन्तर्गत सल्यान ,मुसिकाेट सडक खण्डका अन्य ठाउँमा माेटरवेल पुल भए पनि याे खाेलामा पुल नहुदा सवारीसाधनलाई समेत समस्या हुने गर्छ ।
यात्रुहरुले याे खाेलामा लगातार चार दिन सम्म याे बर्षकै सर्वाधिक दुख झल्नु परेको छ ।गएकाे हप्ता खाेलामा अत्यधिक बाढी आएपछि साना सवारी साधनहरु जाेखिम माेलेर बाेकेर वारपार गराइयाे ।ठुला सवारीसाधन ठप्प नै भए ।जब वर्षा लाग्छ तब मात्रै याे खाेलामा पुलकाे महत्त्वकाे बहस हुने गर्छ ।गएको साता स्थानीयबासी,नेपाल प्रहरी ,यात्रुहरूले निकै कष्ट झेल्नु परेको थियो ।
वर्षायामको कारणले पितिबाङ खाेलाले गर्दा ५०० सयले दाङ पुगिने ठाउँमा खाेलाकाे कारण प्रन्ध सय रुपैयाँमा खर्च हुने साना सवारीसाधन चालकहरु बताउछन् । उक्त खाेलामा पुल बनाउन टेण्डर भैसकेको भएपनि काम सुरु भएको छैन ।बर्षायाममा खोलामा पैदल हिड्ने स्थानीयलाई पनि समस्या हुने गरेको छ । सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा सम्म ठप्प हुने गर्छ ।