October 25, 2020, Sunday
२०७७ कार्तिक ९

मास्कबारे विश्व स्वास्थ्य सङ्गठनको सुझावमा के छ? 

441

डब्ल्यूएचओको वेबसाइटमा प्रकाशित मास्क प्रयोग बारे सुझावले तीनवटा उमेर समूहलाई समेटेको छ।

बाह्र वर्ष वा त्यसभन्दा बढी उमेरका बालबालिकाले वयस्कहरूले जस्तै मास्क लगाउनुपर्छ – एकअर्काबाट एक मिटरको दूरी कायम गर्न नसकिने परिस्थिति तथा कोरोनाभाइरस फैलिरहेको क्षेत्रमा।

छ देखि ११ वर्षसम्मका बालबालिकाका लागि सङ्क्रमण कति व्यापक छ तथा उच्च जोखिम भएका व्यक्तिसँग उनीहरूको उठबस कत्तिको छ त्यो विचार गर्नुपर्ने सङ्गठनको सुझाव छ। बालबालिकाले मास्क प्रयोग गर्दा सुरक्षित रूपमा लाउन वा फुकाल्न ठूला मानिसको सहयोग चाहिने उसले जोड दिएको छ।

पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले सामान्य परिस्थितिमा मास्क लगाउनुपर्दैन।

शिक्षकहरूका लागि सङ्गठन भन्छः “व्यापक रूपमा सङ्क्रमण फैलिएका क्षेत्रमा ६० वर्षमुनिका सबै स्वस्थ वयस्कहरूले एक मिटरको दूरी सुनिश्चित गर्न नसकिए फ्याब्रिक मास्क लगाउनुपर्छ।” उसका अनुसार बालबालिकासँग उठबस हुने व्यक्तिहरूका लागि यो विशेष महत्त्वपूर्ण छ।

साठी वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्यस्थिति कमजोर भएका व्यक्तिले मेडिकल मास्क लगाउनुपर्छ।

स्रोत बिबिसी

Recent Update