January 16, 2021, Saturday
२०७७ माघ ३

जहारी खोलामा पुल निर्माणमा ढिलाइ हुदा सास्ती

214

रुकुम पश्चिम चौरजहारी नगरपालिकाका वडा नम्बर सात स्थित र जहारीखोलामा पुल निर्माण काम ढिलाइ हुदा यात्रुलाई समस्या भएको । माेटर हिड्ने पक्की पुल निर्माणाधिन अवस्थामा थियो तर ढलान नगर्न पाउदै जहारीखोला ले बगाएर लागेपछि यातायात वारपारमा समस्या भएको हाे । लकडाउनका कारणले निर्माण कार्य ठप्प भएको छ ।खाेलामा ठुलो बाढी आएको बेला यातायात अबरुद्ध हुने गरेको छ ।साना सवारीसाधनलाई बर्षातमा झन समस्या हुने गरेको छ ।समयमै पुल निर्माण नहुदा यस्तो समस्या भएको हाे ।

झोलुङ्गे पुल बाट सामान्य मोटरसाइकल मात्र वारपार गर्ने गरेको तर सोही झोलुङ्गे पुलबाट पनि वारपार गर्ने अप्ठ्यारो भएको स्थानीयबासी बताउछन ।चौरजहारी नगरपालिका वडा न सात,आठ र नाै का युबा हरुको पहल मा अस्थायी बाटो निर्माण गरिएको छ ।सो बाट निर्माण पछि सोही नगरपालिकाकाे ८ वटा वडाका स्थानीय ब्यापारी, कर्मचारी , यात्रा सहज हुनेछ । खोलामा पानीको बहाब बढने बितिकै खोला बाट वारपार गर्ने स्थिति छैन स्थानीयबासी बताउछन ।