October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

रुकुम पश्चिममा १८ जना काेराेना संक्रमित,जिल्ला सिल गर्ने तयारी

1.4K

रुकुम पश्चिममा काेराेना भाइरसका १८ जना नयाँ संक्रमित थपिएका छन ।पश्चिम चाैरजहारी प्रयाेगशालामा गरिएको परिक्षणमा १५ जना मुसिकाेट नगरपालिका र ३ जना सानाेभेरी गाउँपालिकाका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हाे ।संक्रमित मध्ये काेलेनिका अफिसका केही कर्मचारी ,३ जना नेपाल प्रहरी समेत रहेका छन ।

एकैपटक धेरै संख्यामा काेराेना संक्रमित देखापरेपछि जिल्ला आंशिक रुपमा शिल गर्ने तयारी रहेको छ ।स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयले आजै उक्त निर्णय गर्ने तयारी गरेको छ ।प्रहरीमा पनि संक्रमण देखिएपछि भित्रकाे प्रहरी भित्रै बाहिरकाे प्रहरी बाहिरै राखेर कार्य संचालन गर्ने तयारी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Recent Update