October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

साेमबार बिहान ४ बजे देखि भदौ १४ गते राति १२ बजे सम्म रुकुमका केही क्षेत्रमा निषेधाज्ञा

891

रुकुम पश्चिममा काेराेना भाइरसका संक्रमितहरु बढेपछि जिल्ला प्रशासन कार्यालय रुकुमले भदौ ८ गते बिहान ४ बजे देखि भदौ १४ गते राति १२ बजे सम्म सदरमुकाम मुसिकाेट सहित अन्य २ स्थानीय तह शिल गरेको छ ।सदरमुकाम मुसिकाेट,सानाेभेरी गाउँपालिका र आठबिसकाेट नगरपालिकाकाे ९ ,११ र १२ वडाका सम्पूर्ण क्षेत्रहरु सिल गरिने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।याे अवधिमा अत्यावश्यक सेवाहरु बाहेक अन्य गतिविधिहरु गर्न नपाइने सिडिओ उपेन्द्रराज पाैडेलले जानकारी दिए ।

आइतबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका हुन ।पश्चिम चाैरजहारी प्रयाेगशालामा गरिएको परिक्षणमा १५ जना मुसिकाेट नगरपालिका र ३ जना सानाेभेरी गाउँपालिकाका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हाे ।संक्रमित मध्ये ९ जना काेलेनिका अफिसका कर्मचारी ,३ जना नेपाल प्रहरी समेत रहेका छन ।

Recent Update