February 25, 2021, Thursday
२०७७ फाल्गुन १३

जागिर मिल्यो भने…….

259

१.मुक्तक
जागिर मिल्यो भने तिरौला ऋण,आमा
भुल्ने छैन हुर्काएको भारा त्यो दिन,आमा
छोरो पढ्ला भनि कापी किन्न गिट्टी कुट्दा,
आए पनि हजारौं बाधा त्यो छिन,आमा

२.मुक्तक
प्रयोग नगरेर अस्त्र बल,शान्ति गर्नु छ
आए पनि हजारौं छलफल,शान्ति गर्नु छ
देश बचाउनलाई सबै लागि पढ्ने हो भने,
सत्य बोलेर अनेकौं पल,शान्ति गर्नु छ

३.मुक्तक
गर्नेलाई सिमामा बिबाद पार,लगाउने हो
बढी अति भए खुकुरीको धार,लगाउने हो
देशको क्षेत्रफल लुटेर नपुगेको भारतलाई,
आउँछ भने सिमा अब काँडेतार,लगाउने हो

४.मुक्तक
किन,भएछ प्रेममा पराजय,यति बुझ्नु छ
कसरी भयो बर्बाद समय,,यति बुझ्नु छ
मेरै हुन्छौ भने भनेकै थिएन तिमीलाई,
मलाई छोड्ने के हो निर्णय,यति बुझ्नु छ

५.मुक्तक
देखाएरै तिमीले अौकात,प्रेम नगर
छुट्टाउनु पर्छ भन्ने जात,,प्रेम नगर
क्षेत्री दलितको प्रेम छुट्टाछुट्टै हुन्छ भने,
रुवाएर दलितलाई दिनरात,प्रेम नगर

६.मुक्तक
एक बाध्यता एक रहर,तिम्रो लागि हो
बनाए पनि दिलमा घर,तिम्रो लागि हो
जिन्दगीलाई सकारात्मक बाटो मा लिदा,
गर्ने छु सधै राम्रो सकभर,तिम्रो लागि हो

७.मुक्तक
यो आकाश यो धर्ती,कसले बनायो
आकर्षक तिमी प्रति,कसले बनायो
प्रेम सम्बन्ध नगर्ने बनेको मान्छेलाई,
फसेर बिना बुद्धि अर्ती,कसले बनायो

८.मुक्तक
जन्म लिएर सारा सपना ढलेर,बाच्नु पर्यो
आँखा बाट नै सधै आँसु गलेर,बाच्नु पर्यो
म जिन्दगी बाट टाढा भएर बाच्नु पर्दा,
मेरै मुटुमा आगो भतभती बलेर,बाच्नु पर्यो

९.मुक्तक
भिझेको हो मेरो सिरानी,रुदा रुदै
आँखा बाट नै झर्‍यो पानी,रुदा रुदै
जसको लागि मैले जिवन त्याग गर्दा,
उसकै कारण बित्यो जवानी,रुदा रुदै

१०.मुक्तक
रुदै मागेर भोट हिजो अस्ति,कहाँ पुग्यो सरकार
गरेर कुर्सीमा मोज मस्ती,कहाँ पुग्यो सरकार
गरिब दुःखी जनताको दुःखद मै रमाउदा,
बर्खे झरि उठाए बस्ती,कहाँ पुग्यो सरकार

११.मुक्तक
दैबले दुई थोपा आँसु बगी,बाच्ने बनायो
के गल्ती रहेछ भाग्य ठगी,बाच्ने बनायो
मेरो जिन्दगी नै खेलवाड सोचिरहदा,
सहारा बिहिन दुई खुट्टा लागी,बाच्ने बनायो

१२.मुक्तक
किन,गर्नु बेर्थै माया,छोडी जानेलाई
राख्नु छैन दायाँबायाँ,छोडी जानेलाई
हिजो मेरो कारण टाढा भएकी नै हो,
देख्नु समेत परेन घाम छाया,छोडी जानेलाई

१३.मुक्तक
गरेरै देशमा अनेकौं बिचार,कहाँ पुग्ने होला
महिलामा भो एसिड प्रहार,कहाँ पुग्ने होला
देश नै आजभोलि हजारौं सोचाइमा पर्दा,
यस्तै घटना भयो सरकार,कहाँ पुग्ने होला

१४.मुक्तक
उठाउछन प्रेममा आवाज,दलित माथी
नगर्नुस् अब दिलमा राज,दलित माथी
प्रेम सम्बन्ध मा नै कतिको ज्यान जादाँ,
अनौठो गर्छ अझै समाज,दलित माथी

१५.मुक्तक
तिमी ले नै पिट्युबाट हान्यौ छुरा,शंका लाछ
रत काट्दै हिन्थौ बिगतका कुरा,शंका लाछ
प्रेममा यस्तै अनेकौं बाधा आईपुग्दा,
टुट्छ प्रेम हुन्छ सपना अधुरा,शंका लाछ

१६.मुक्तक
त्रास भई सम्झदा बर्खेझरी,बाच्नु परेको छ
नलाई नखाई अझै पेटभरी ,बाच्नु परेको छ
कोरोना,बाढी पहिरो को जोखिममा पर्दा ,
जोखिम बनाइ मन यसै गरि,बाच्नु परेको छ

१७.मुक्तक
सोचेर उसलाई सुन्दर फुल,प्रेम गरे छु
दुई दिन मै भयो बाचा कबुल,प्रेम गरे छु
माया को निम्ति स्वार्थ बनेर जानेलाई,
भएछ नसोचेको ठुलो भुल,प्रेम गरे छु

रचनाकार , तिलक सिर्पाली दुखान्त
सानीभेरी 10 अर्मा रुकुम पश्चिम