September 25, 2021, Saturday
२०७८ आश्विन ९

अमेरिकामा ‘प्लाज्मा थेरापी’ उपचारलाई अनुमति 

343

अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ।

निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकेकाे बिबिसीले जनाएको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको समाचार सुनाएका थिए।याे विधि नेपालमा पनि परिक्षण गरिसकेको छ ।

        प्लाज्मा दान गर्न अपिल

उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले यो विधिको प्रयोगमार्फत् कोरोनाभाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने बताएका छन्।साथै उनले कोरोनाभाइरस सङ्क्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दानको निम्ति आ-आफ्नो नाम दर्ता गर्न अपिल गरेका छन्।