January 17, 2022, Monday
२०७८ माघ ३

सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण गर्ने

303

काठमाडौं-सरकारले सिन्धुलीमा पनि आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ। सिन्धुलीको भीमादमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको छ। विमानस्थल निर्माणमा लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्रधाधिकरणले बजेटसमेत छुट्याएको छ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/०७८ को बजेटमा विमानस्थल निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)का लागि बजेट व्यवस्था गरेको हो।

प्राधिकरण महानिर्देशक राजन पोखरेलले विमानस्थल निर्माणका लागि चालू आर्थिक वर्ष  भित्र वातावरणीय प्रभाव मूल्यांकन  रिपोर्ट तयार गर्ने गरी बजेट व्यवस्था गरिएको बताए।