January 28, 2021, Thursday
२०७७ माघ १५

व्यक्तिगत लगानीमा अबरुद्ध सडक संचालन

413

रुकुम पश्चिम चौरजहारि नगरपालिका अन्तर्गत नुवाकोट खोलागाउ चौरजहारि अबरुद्ध संचालनमा आएको छ ।बर्षातकाे कारण अबरुद्ध सडक रुकुम पश्चिमका युबा निमार्ण व्यावसायि सन्देश प्रकाश ओलिले करिव १ लाख जति खर्च गरेर संचालनमा ल्याएका हुन ।उक्त खर्चमा जेसिभि लगाए बाटो संचालनमा आएपछि यातायात सुचारु भएको छ ।

नगरपालिका वडा न ६ का वडा अध्यक्षका उपविजेता नेपाली काँग्रेसका जय प्रकाश बोहोराले समेत सहयोग गरेको बताइएको छ । युवा व्यावसायि सन्देश को पहलमा बाट ३ किलोमीटर सडक खण्ड संचालनमा आएपछि स्थानीय खुसी भएका छन ।स्थानीय समस्यालाई मध्यनजर गर्दै आफुले बाटो संचालनमा सहयोग गरेको सन्देशले बताए ।