December 6, 2021, Monday
२०७८ मंसिर २०

आगामी अमेरिकाकाे चुनावमा धाँधली हुन सक्ने ट्रम्पकाे दाबी

170

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका छन्।
दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेकाे बिबिसीले जनाएको छ ।
उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने बताउँदै भने, “यो चुनाव हामीले जित्नै पर्छ। यो हाम्रो देशको इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव हो। सबभन्दा ठूलो हो। हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ या त अझै राम्रो उचाइमा पुग्न सक्छ। चीनबाट प्लेग आउनु अगाडि हामी त्यही राम्रो दिशामा गइरहेका थियौँ।”