October 22, 2020, Thursday
२०७७ कार्तिक ७

जुम्लामा चट्याङले ५ सय बढी भेडा मरे,क्षति संकलन हुदै 

471

जुम्लामा चट्याङ लागेर पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका ४ को जाजुल्लेमा रहेको ढाँणखर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी भेडा मरेको भेटरिनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार पशु तथा भेटेरिनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । पाँच सय बढी भेडा मरेको जानकारी प्राप्त भएको र विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।
विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्र पठाइने भेटेरिनरी कार्यालयले जनाएको छ ।

एकैपटक धेरै भेडा मर्दा किसानलाई ठूलो क्षति पुगेकोले सरोकारवाला निकायले क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिए । यसैगरी गएको वर्ष पनि चट्याङले तिला गाउँपालिका ६ को सुडीका किसानका दुई सय ५० भेडा मरेका थिए । पत्रकार नेत्र शाहीले उज्यालोमा लेखेको खबर

Recent Update