April 18, 2021, Sunday
२०७८ बैशाख ५

उपत्यकाको निषेधाज्ञा एकहप्ता थप

152

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।

एक हप्ताको लागि गरिएको निषेधाज्ञा बुधबार सकिदै छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।काठमाडौं संक्रमितकाे संख्या निरन्तर बढेपछि निषेधाज्ञा थप्न सराेकारवालाहरु सहमत भएका हुन ।