May 16, 2021, Sunday
२०७८ जेष्ठ २

लागु ओैषध व्यापारी पक्रन रुकुम पश्चिममा प्रहरीले गाेली चलायाे,एक घाइते

2.9K

घटनामा गाेली लागेर घाइते निर्मल पुन

लागुओैषध व्यापारीलाई पक्राउ गर्न खाेज्दा भागेपछि प्रहरीले गाेली चलाएर पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वकाे टाेली अबैध लागुओैषध काराेबारीलाई पिछा गर्दै रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका ४ ठारडुङगा सम्म पुगेको थियो भने रुकुम पश्चिमकाे प्रहरी पनि समन्वयमा थियो ।दुबै जिल्लाकाे सयुक्त अप्रेसनकाे क्रममा उक्त घटना घटेको हने । उनीहरु भाग्न थालेर प्रहरीलाई नै आक्रमण गर्न थालेपछि प्रहरीले गाेलि चलाएको बताएको छ ।घटनामा मुसिकाेट नगरपालिका ११ का बर्ष २५ काे निर्मल पुन घाइते भएका छन ।घाइते पुनकाे खुट्टामा चाेट लागेको छ ।यस्तै ३५ बर्षकाे लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ ।प्रकाश पुन फरार रहेको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले जानकारी दिए ।फरार रहेका प्रकाशकाे खाेजि कार्य गरिरहेकाेे प्रहरी जनाएको छ ।

गाेली लागेर घाइतेलाई नेपालगन्ज रिफर गरिएको छ ।प्रहरी निरिक्षक दिनेश गुरुङको नेतृत्वमा रुकुम पुर्व बाट खटेकाेे थियोे ।केही दिन अगाडि रुकुम पुर्वमा पक्राउ परेका लागुओैषध व्यापारीहरुकाे बयानकाे आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा उनिहरु सग जम्काभेट भएको बुझिएको छ ।