May 16, 2021, Sunday
२०७८ जेष्ठ ३

लिदी पहिरो विस्थापित भेट्न बाँसखर्क जाँदै सभामुख सापकोटा

160

काठमाडौ – सभामुख अग्निप्रसाद सापकोटा जुगल गाउँपालिका–२ लिदी पहिरोबाट विस्थापित भेट्न बाँसखर्क जाने भएको छन्।

लिदिबाट  विस्थापित भएर सोहि पालिका १ मा रहेको बाँसखर्कमा गएर बसेको पीडित भेट्न बासखर्क जान लागेका हुन्। अस्थायी स्थानान्तरण भएका पीडितहरुलाई भेट्न जान लागेको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपालेले जानकारी दिए। 

सभामुख सापकोटासँगै विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भुगर्भविद लेखप्रसाद भट्ट सहित सिन्धुपाल्चोकको बाँसखर्क जान लागेको उनले बताए। बाँसखर्क पुगेर सापकोटाले स्थानीय तहका जनप्रतिनिधि मार्फत थप राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत रहेको छ।

लिदिमा गएको पहिरोमा पनि हालसम्म ३३ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन्। पहिराले बस्ती नै विस्थापित भएपछि १७२ घरधुरी लिदिबासीलाइ बासखर्क स्थानान्तरण गरिएको छ।  यसअघि पनि २०७२ सालको भुकम्पपछि पीडितहरू यहि गएर बसेका थिए।

तर, सामुदायिक वनको जग्गा भएकाले पीडितलाई फेरि लिदिमै फर्काइएको थियोे।