October 30, 2020, Friday
२०७७ कार्तिक १४

कोरोनाबाट बच्न घरभित्र अपनाउन सकिन्छ यस्ता सावधानी

243

नेपालमा कोरोना संक्रमणको अवस्था भयावह भएको छ । यसबाट बच्न हालसम्म कुनै पनि ठोस उपाय बनिसकेको छैन ।

मास्कको प्रयोग, सामाजिक दुरी वा साबुनपानी र स्यानिटाइजरको प्रयोग नै कोरोना संक्रमणबाट बच्ने उपाय बनेको छ । तर पछिल्लो समय नेपालमा बढ्दो कोरोनाको संक्रमणबाट बच्न यति उपाय मात्र उपयोगी हुदैन । यसका लागी केहि नियमको पालना गर्नु अत्यावश्यक हुन्छ ।

१. यो समय बाहिरबाट कुनै पनि सामाग्री ल्याएर सिधै प्रयोजन गर्नु हुदैन ।
२. अनलाइन डेलीवरी मार्फतमा घरमा कुनै पनि सामाग्री मगाउनु अघि सचेत हुनु पर्दछ ।
३. अनलाइन सपिङ गर्नु परेमा पनि सामाजिक दुरी र सामाग्रीको स्यानिटाइज अनिवार्य छ ।
४. बाहिरबाट आउनासाथ अनिवार्य नुहाउने र लगाएको कपडा धुने गर्नुहोस् ।
५. घरका सदस्यमा कोरोनासंग मिल्दो लक्षण देखिएमा तुरुन्त आइसोलेट गर्नु पर्दछ ।
६. घरमा कोहि कोरोना संक्रमित छन् भने उबाट अनिवार्य २ मिटरको दुरी बनाउनुहोस् ।
७. अहिले मोवाइलको प्रयोग अनिवार्य झै छ तसर्थ यसको सफाइ गरीरहनु पर्दछ ।
८. कोरोनाले साथीभाई, छिमेकी वा आफन्त भन्दैन त्यसैले सबैबाट टाढा रहनुहोस् ।khabarhub

Recent Update