October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

कुलमानले निरन्तरता पाउने सम्भावना कम,प्रधानमन्त्री र उर्जामन्त्री असन्तुष्ट

441

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त पदमा निरन्तरता पाउने सम्भावना कम भएकाे छ। उनको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नियुक्ति नपाउने निश्चित जस्तै भएकाे छ ।

 स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट भएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषय बालुवाटारमा समेत उठेको छ ।याे बिषयमा मन्त्री पुन र प्रधानमन्त्री ओली दुवैको स्वार्थ मिलेको छ ।

पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ । मंगलबार र बुधबार सामाजिक सञ्जालमा घिसिङलाई नै पुनः निर्देशकमा निरन्तरता दिने मन्त्री परिषदकाे निर्णय भन्ने फेक हल्ला चलाइएकाे थियो ।याे हल्लाले झन बढि बालुवाटार आक्राेशित भएको बुझिन्छ ।

सामाजिक सञ्जालमा लोकप्रीयता देखाउने र सरकारलाई नियुक्तिका लागि वाध्य बनाउने घिसिङको रणनीतितर्फ समेत ध्यान दिदै बरु अनेत्र कुनै चर्चित निकायमा नियुक्त गर्ने तयारी रहेको छ ।स्रोतका अनुसार घिसिङलाई अलि डुब्न थालेको निकायमा नियुक्त गरेर त्यहा पनि उनको काम हेर्ने तर अहिलेकै पदमा निरन्तर नदिने तयारीमा प्रधानमन्त्री र उर्जामन्त्री रहेको बुझिन्छ ।तर जसरी पनि घिसिङलाई नै निरन्तरता दिनुपर्ने नागरिक स्तरबाट तिव्र दबाब छ ।

Recent Update