October 25, 2020, Sunday
२०७७ कार्तिक ९

पूर्व-पश्चिम रुकुममा ११ वर्षमा १० पक्की पुल निर्माण

180

रुकुम पश्चिम — रुकुम खण्डको मध्यपहाडी लोकमार्गमा ११ वर्षमा १० पक्की पुल निर्माण भएका छन् । जहारीखोलामा पुल निर्माणको काम सकिएसँगै १ सय २३ किलोमिटर खण्डको सबै ठाउँमा पुल बनेका हुन् ।

जिल्लामा २०६६ सालदेखि लोकमार्ग निर्माणको काम थालिएको थियो । लोकमार्गको निर्माण कार्य थाल्दा रुकुम एउटै जिल्ला थियो । अहिले रुकुम पश्चिम र रुकुम पूर्व गरी २ जिल्लामा विभाजन भएको छ ।

रुकुम पूर्वमा २ र रुकुम पश्चिममा ८ पुल निर्माण भएको मध्यपहाडी लोकमार्ग सडक आयोजना, दैलेखले जनाएको छ । कार्यालयका सूचना अधिकारी तुलाराम शर्माले पछिल्लो पटक चौरजहारी नगरपालिकाको जहारीखोलामा पुल निर्माणको काम सकिएको बताए ।

२०६९ सालमा सम्झौता भएको उक्त पुल ८ वर्षपछि २०७७ मा सम्पन्न भएको हो । १ करोड ९२ लाख रुपैयाँमा उक्त पुल निर्माण भएको इन्जिनियर शर्माले बताए । उनका अनुसार चौरजहारीबाट जाजरकोट जोड्ने भेरी नदीमाथि पुल भने निर्माण हुन बाँकी छ ।

रुकुम पश्चिमबाट जाजरकोट जोड्ने पुल भने अझै अलपत्र छ । ठेकेदारको लापरबाहीका कारण पुल निर्माणले गति लिन नसकेको हो ।कान्तिपुर बाट

Recent Update