April 17, 2021, Saturday
२०७८ बैशाख ४

राेल्पाका बलराजलाई बिदेशमा भन्दा स्वदेश क‌ै कमाईमा सन्तुष्टि

949

बिन्दु कुँवर ,राेल्पा

दश वटा विभिन्न देश घुमेर साेचे जस्ताे आम्दानी नभए पछि थकित बनेका बलराजकाे जिन्दगीमा यतिबेला कायापलट परिवर्तन भएको छ ।स्वदेशमै साेचे भन्दा राम्रो आम्दानी भएपछि बलराज मख्ख छन् । राेल्पाकाे साविक खुंग्रि गाविस धन्चाैर निवासी ४० बर्षका बलराज सिह ठकुरी र उनीकी श्रीमती पार्वती यतिबेला पूर्णरुपमा व्यावसायिक कृषक बनेका छन्।

बलराजकाे डेेरी

उनीहरूले उन्नत जातका गाई पालन बाट महिनामा लाख रुपैया समाउछन् ।विगतको जस्तो अभाव र दुख उनको परिवार बाट हटेको छ ।गएको चार बर्ष यता उनिहरु कत्ति पनि फुर्सदमा छैनन् ।घरमा गाईपालन सँगै बजारमा डेरी संचालन ल्याएपछि झन उनीहरुकाे व्यस्तता बढेको छ। राेल्पाकाे सुलिचाैर बजारमा डेरी संचालन गरेर घरकाे दुधबाट विभिन्न परिकारहरु बनाई बेचेर टन्न पैसा समाउछन् उनीहरु। बलराज १० बर्ष विदेश बसे ,साेचे जस्तो कमाइ भइन , तर नेपालमा आएर लघुबितिय संस्था बाट ऋण लिएर सुरुमा बाख्रा पालन सुरु गरे, बिस्तारै गाइपालन पनि सुरु गरे अनि फेरियाे उनको जिन्दगी ।

भैरहवा बाट १ लाख ६० हजारमा गाई लिएर सुरु गरेको उनको याे व्यवसाय मा ४ बर्षमै १८ वटा गाई थपिए । सुरुमा गाईकाे दूध बेच्न गाह्रो भएपनि उनी निराष भएनन् ।दुध बेच्न कहिले आफै सदरमुकाम लिवाङ पुग्थे त कहिले नजिकैकाे बजार सुलिचाैर अनि प्युठानकाे भिङ्ग्री ।लकडाउन अगाडि सम्म उनको गाई फर्ममा १८ वटा दुधालु गाई थिए ।

अटाेमा बलराज

दैनिक १ सय ४५ लिटर दूध उत्पादन हुन्थ्यो ।त्यहाँको दुध राेल्पाकाे सदरमुकाम लिवाङ ,प्युठानकाे भिङरी बजार , तथा आसपासका बजारमा खपत हुन्थ्यो ।अहिले बजार घटेपनि उत्पादन भएको दूध उनकै डेरिमा खपत भएको छ ।यहि पेशा बाट उनिहरुले सजिलोकाे लागि अटाे समेत किनेका छन् ।गाइकाे लागि आवश्यक दाना ल्याउने र उत्पादन भएको दूध बजार सम्म लैजाने काम उक्त अटो बाटै गर्छन् । फुर्सदमा यात्रु पनि बाेक्छन अटाेमा बलराज ।

व्यावसायिक बन्छु भन्नेलाई निशुल्क गाई दिन्छन् बलराज

गाई फर्ममा श्रीमती पार्वती

व्यावसायिक मात्रै हाेइन ,अचम्मका सहयोगी मनका धनि पनि छन् ।काेहि आफू जस्तै व्यावसायिक कृषक बन्छ भने उनी आफ्नाे गाेठकाे दुधालु गाई समेत हात लगाई दिन्छन् ।मैले धेरैलाई निशुल्क गाई दिई सकेको छु ,बलराज भन्छन ।याे पेशामा कसैले प्रतिष्पर्धा गरेर आफ्नो व्यवसाय डुब्ला भन्ने पिर उनिमा छैन,बरु थुप्रो सहयात्री बढाउने चाहना उनी सँग छ ।अहिले सम्म उनले छिमेकीलाई २७ वटा जति गाई बितरण गरेका छन्। लकडाउनका कारण उनलाई केही असहज भए पछि उसले ७ वटा गाई छिमेकी घाेडागाउ,खुङ्ग्री र रिम्माजामा बितरण गरेकाे बताउछन् ।उनको व्यवसाय मा अहिले २० देखि २५ लाख सम्म लगानि छ । उनी आफुलाई राेल्पाकाे पहिलो र अग्रज गाईपालक ठान्छन्।

दानाकाे लागि बारीमै घाँस खेती

घाँस खेती

बलराजले गाईकाे लागि आवश्यक दाना,घाँस आफ्नै बारिमा उत्पादन गर्छन् ।बाहिर बाट किनेर ल्याउदा मंहगाे र झन्झटिलो हुने भएपछि उनले उन्नत जातकाे घाँस लगाएका छन् ।मकै खेति छाडेर आफ्नै बारीकाे पाँच राेपनि बारिमा उनले आवश्यक पर्ने जति घाँस खेति गरेका छन् ।आधुनिक कृषि प्रणालीलाई लागू गरेका बलराज गाईको स्वास्थ देखि सिजन अनुसारको खानपिनमा ध्यान दिन्छन् ।मलाई पशु स्वास्थ सम्बन्धि पनि ज्ञान छ ,बेला बेला यिनिहरुकाे स्वास्थ पनि चेक गरिन्छ उनी भन्छन ।कहिलेकाही गाई विरामी परे तुरुन्तै भेटेनरी पुगिहाल्छन् ।