October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

स्थानीयलाई ब्लड चाहिदा ब्लड बैंककाे रुपमा काम गर्दै सबुज गण

711

नेपाली सेनाकाे सबुज गण सल्यानले ब्लड बैंककै रुपमा स्थानीयलाई सहयोग गर्दै आएको छ । जिल्लामा ब्लड बैंक नहुदा बेला बेला बिरामीहरुलाई ब्लड चाहिन्छ,त्यतिबेला नेपाली सेनाले सहयोग गर्छ ।अन्तिम अवस्था ,जटिल अवस्थाका बिरामीलाई ब्लड चाहिएमा अस्पताल तथा स्थानीयबासि नेपाली सेनालाई नै गुहार्ने गर्छन् ।

हुन त पहाडी जिल्ला तथा ब्लड बैंककाे सुविधा नभएका ठाउँमा नेपाली सेनाले अनेत्र पनि ब्लड दिने गर्दै आएको छ ।यस सन्दर्भमा सल्यानमा बिरामी र सेनाकाे सम्बन्ध घनिष्ठ सँग जाेडिएकाे छ ।सुत्केरीलाई ब्लड दिएर धेरै महिलाको ज्यान बचेको छ ,एक स्थानीयले भने ,हाम्रो लागि ब्लड बैंक भनेकै सेना बनेको छ ।

केही दिन अगाडि एक सुत्केरी महिलाको ज्यान बचाउन आवश्यक परेको ब्लड पनि नेपाली सेनाले उपलब्ध गराएको थियोे ।हामी कहाँ खबर आउने बित्तिकै हामी तुरुन्तै सहयोग गर्छौ, सेनानी राजेश कार्कीले भने ।बिहीबार पनि उक्त गण बाट सल्यान दार्माका नारायण शाहीलाई सेनाका प्युठ डम्बर चन्द र सि. डम्बर शाहीले एक एक पाैण्ड ब्लड दिएर उनको उपचारमा सहयोग गरे ।सबुज गण बाट यस प्रकारका कार्य निरन्तर भैरहेको सेनानी कार्कीले भने ।कर्णालीका अन्य जिल्ला भन्दा सल्यान केही सुविधा सम्पन्न जिल्ला भएपनि ब्लड बैंककाे सुविधा नभएको जिल्लामा पर्छ ।

Recent Update