November 28, 2020, Saturday
२०७७ मंसिर १३

आफुले बोलेको कुरा उल्टो बनाएर बदनाम गराएको भन्दै प्रकाशशरण महत द्धारा आपत्ति

1.1K

प्रकाशशरण महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सामाजिक सञ्जाल र केही अनलाइनले आफुले बोल्दै नबोलेको कुरालाइ लिएर अनावश्यक बदनामी गदै हिडेको भन्दै खण्डन गरेका छन ।प्राइम टेलिभिजनको अन्तर्वार्तामा मध्यावधि मागेको शिर्षक बनाएर रिपोर्टर्स नेपाल नामक अनलाइनले समाचार प्रकाशन गरेको प्रति उनले कडा शब्दमा आपत्ति जनाएका हुन ।

आफुले अहिले कोरोनाको संक्रमणका कारण विश्व दुखि बनिरहेका बेला मध्यावधि निर्वाचनको माग नै नगरेको बताएका हुन । समय अनुसार के बोल्नु पर्छ मलाइ थाहा छ फेसबुकले र केही अनलाइनहरुले मेरो धारणा बनाइदिने होइन उनले भनेका छन ।

पुरा अन्र्तबार्ता हेरेर मात्र आलोचना गर्न समेत उनले सबैलाइ अनुरोध गरेका छन । कोरोना भाइरस समस्या समाधान भएपछि देशमा के अवस्था आउनसक्छ भन्ने सन्दर्भमा विभिन्न उपाय हुनसक्छ । जसमध्ये मध्यावधि पनि हुनसक्ला भनेको थिएँ । त्यसलाई बंगाएर हेडलाइन राखेर समाचार बनाइयो ।’ उनले हेडलाइन मात्र हेरे प्रतिक्रिया नदिन पनि आग्रह गरेका छन् । उनले अन्तर्वार्तामा मेडिकल सामाग्री खरिदमा भएको घोटाला छानविन गर्न माग गरेका थिए । तर हेडलाइन हेरेर सामाजिक सञ्जालमा उनको कडा आलोचना भैरहेको छ ।

मानिसहरु हावामा कति उड्दा रहेछन वास्तविकता नबुझेर कसैको चरित्र हत्या गर्नु गैरकानुनी कार्य हो महतले भने ।महत निकटस्थ नेविसंघका पुर्व केन्द्रिय सदस्य तारक केसीले नेपाली काँग्रेस भित्रकै केही व्यक्तिहरुले अन्तर्वार्तामा व्यक्त आशयलाई दुराशयपुर्ण तरिकाले कुप्रचारप्रसार गरेको आरोप लगाए । उनले भने कुनै पनि कुराको यतार्थ धरातलमा नपुगेर सतही ढंगले ब्यख्या र अपब्याख्या गर्ने प्रवृती काँग्रेस नेता कार्यकर्तामा कायम रहनु गलत रहेको बताएका छन ।


महतले अन्तर्वार्तामा उपप्रधान एवं रक्षामन्त्री एवं कोरोना रोकथामका लागि बनाइएको उच्चस्तरीय समितिका संयोजक इश्वर पोख्रेलले सरकारमा बस्ने नैतिकता गुमासकेको बताएका थिए । आफुले बोलेको कुरालाइ उल्टो अर्थ लगाएर विरोध हुन थालेपछि महतले फेसबुक मार्फत आफनो धारणा सार्वजनि गदै उक्त कुराको खण्डन गरेका हुन ।

प्रकाशशरणले गरेकाे खण्डन उनकाे फेसबुक बाट

Recent Update