October 22, 2020, Thursday
२०७७ कार्तिक ७

सल्यानमा हातहतियारका एकै गाउँका फरार प्रतिवादी पक्राउ

384

सल्यानमा प्रहरीले हातहतियार खरखजानाको मुद्दाका एउटै गाउँका ७ फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्ने सबै कालीमाटी गाँउपालिका वडा न ५ का रहेकाे प्रहरीले बताएको छ ।
गएको माघ १५ गते जिल्ला प्रशासन कार्यालय सल्यानको फैसला आदेशानुसार ६ महिना कैद सजाय तोकेका उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ४५ बर्षका का रोशन वली, २० बर्षका लाल बहादुर गिरी, २७ बर्षका प्रकाश गिरी, ४० बर्षका युवराज गिरी, ३५ बर्षका बेल बहादुर गिरी, ४५ बर्षका झमन सिह गिरी र ३० बर्षका दान बहादुर वली रहेका छन ।

उनिहरूलाइ भाद्र १२ गते पक्राउ गरी कैद भुक्तानका लागी जिल्ला प्रशासन कार्यालय सल्यानमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानलका प्रहरी निरीक्षक लक्ष्मण अाेलीले जानकारी दिएका छन ।

Recent Update