April 12, 2021, Monday
२०७७ चैत्र ३१

गाउँका विकृति राेक्न आँधिखाेला गाउपालिकालाई काँग्रेसकाे ज्ञापनपत्र

232

पछिल्लो समय गाउँमा विभिन्न खालका विकृतिहरु बढेको भन्दै नेपाली काँग्रेस आधिखाेलाले राेकथामकाे लागि गाउपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।आधिखाेला गाउँ पालिका अध्यक्ष शुधिर पौडेल तथा उपाध्यक्ष लगायत का अन्य पदाधिकारी को रोहबरमा गाउँमा भैरहेको विकृतिलाई राेकथाम गर्न ध्यानाकर्षण स्वरुप ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेसले जनाएको छ ।

गाउँमा जथाभावी मदिरा सेवन,जुवातास,बलत्कार तथा अन्य सामाजिक विकृतिहरु बढेकाले काँग्रेसले राेकथामकाे लागि ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस नेता बद्री पाैडेलले हाम्रा खबरलाई जानकारी दिए ।संक्रमणकालकाे फाइदा उठाउदै शहरका विकृति गाउँमा भित्रिएकाे हुदा बाध्य भएर आफुहरु पालिका धाएकाे पाैडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा आंधिखोला गाउँ पालिका नेपाली काँग्रेस का सभापती नारायण प्रशाद शर्मा ,नेका नेता प्रदिप पौडेल, क्षेत्रीय काेषाध्यक्ष थमन बोगटी, वडा कमिटी सभापती बाल बिक्रम केसी, सचिब मन्जु पनेरु, बद्री पौडेल, बिष्णु लामिछाने,मायां नेपाली, गुरुदत्त शर्मा,याम नारायण, ईन्द्र श्रेष्ठ,कृष्ण पनेरु लगाएतकाे सहभागीता रहेको थियो ।
ज्ञापनपत्र बुझेपछि आफुहरुले आवश्यक पहल गर्ने गाउँपालिका अध्यक्ष शुधिर पाैडेलले जानकारी दिए ।