May 16, 2021, Sunday
२०७८ जेष्ठ ३

काँग्रेस नेता बाँठा द्वारा काठकाे पुल निर्माण

724

नेपाली काङ्ग्रेसका युवा नेता तथा गत स्थानिय निर्वाचनमा नेपाली काँग्रेसकाे तर्फबाट गाँउपालिका प्रमुखका उम्मेदवार जनक कुमार बाँठाको पहल र सकृयतामा बडगाँँउ खोलाले पुल बगाउदा समस्यामा रहेका बाफिकोट गाउपालिका ४ र ७/८/९ र १० वडा जोडने काठकाे पुल निर्माण सम्पन्न गरिएको छ । पुल नहुदा आवतजावतमा स्थानियवासिहरुलाई निकै समस्या भएपछि आफुले गाउपालिका र सरोकारवाला सबै निकाय संग धेरै अनुरोध गरेपनी कुनै चासो र निर्माणका लागि काम नभएपछि आफुले अग्रसरतामा काठ बाट निर्मित उक्त पुल बनाउने अगुवाइ गरेको बताए । जनताको समस्या दुख र अभावमा सरकारले प्राथमिकता दिनुपर्नेमा कुरै नसौनेको पनि उनले बताए । बाँठालेे यस अगाडी पनि वडा न ५ खोली बडगाउमा कृषकहरुलाई पाईप वितरण गरेका थिए भने वडा न ४ को कालाखोलाले अबरुद्ध सडक आफ्नै लगानीमा खुलाएका थिए । एथ्लेटिक्सका अन्तरास्ट्रिय खेलाडी समेत रहेका उनले गाउपालिका प्राय वडाहरुमा खेलकुद सामग्री प्रदान गर्नुका साथै विभिन्न सामाजिक गतिविधिहरु समेत सन्चालन गर्दै आएका छन् । बाख्रा फर्म र कृषि फर्म सन्चालन गर्दै राजनीति र समाजसेवामा जोडिएका बाठा नेपाली काङ्ग्रेसको नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य समेत हुन् ।

काठकाे पुल निमार्ण गरिदै