June 17, 2021, Thursday
२०७८ असार ४

रुकुम पश्चिममा थप २ जना काेराेना संक्रमित

254

रुकुम पश्चिममा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा त्रिवेणी गाउँपालिका–९, का ५५ वर्षीय र १० का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवै जना दुई साता अघि भारतबाट फर्किएका हुन् । पछिल्लो समय रुकुममा संक्रमितकाे संख्या बढन थालेपछि सतर्कता अपनाइएको छ ।उक्त २ जनामा काेराेना संक्रमण पुष्टि भएको शनिबार जानकारी गराइएको हाे ।

Recent Update