July 27, 2021, Tuesday
२०७८ श्रावण १२

पाटन अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

84

काठमाडौं – ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो। 

काठमाडौंकी महिला भदौ ८ गते र भक्तपुरकी महिला साउन ३० गतेदेखि अस्पतालमा उपचाररत रहेको शाक्यले जानकारी दिए।

Recent Update