October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

नेपालमै काेराेना खाेप बनाउदा १० देखि ३० अर्ब डलर खर्च,के सम्भावना हाेला त ?

639

केही दिनअघि नेपालका लागि रुसका राजदूतले नेपाललाई “आफूहरूले उत्पादन गरेको खोप उत्पादनमा सहयोग गर्नसक्ने” प्रस्ताव राखेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक अधिकारीले बताएका छन्।

कोरोनाभाइरसविरुद्ध रुसमा विकसित खोप नेपालमा तेस्रो चरणको परीक्षण गर्ने प्रस्ताव राख्ने क्रममा रुसी राजदूतले उत्पादनमा पनि सहयोग गर्न सक्ने बताएको ती अधिकारीको भनाइ छ।

तर खोपको उत्पादन प्रक्रियाबारे जानकार अधिकारीहरू र औषधि एवम् खोप उत्पादकहरूले चाहिँ “रुसले प्राविधिक सहयोग गरे पनि” तत्कालै स्वदेशमै खोप उत्पादनको सम्भावना न्यून रहेको बताएका छन्।अधिकारीहरू र उत्पादकहरू नेपालमा तत्कालै मानवमा प्रयोग हुने खोप उत्पादनको सम्भावना न्यून भएको बताउँछन्।त्रिभुवन विश्वविद्यालयसँग आबद्ध खोपबारे जानकार प्रा. घिमिरे नेपालमा खोप उत्पादन गर्न औद्योगिक पूर्वाधार नै नभएको र त्यो तत्काल बनाउन नसकिने औँल्याउँछन्।

“रुसले राखेको प्रस्ताव सैद्धान्तिक रूपमा राम्रो हो। तर कोभिड-१९ विरुद्ध खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न पाँच वर्ष जति लाग्छ र त्यसका लागि १०-३० अर्ब डलर लगानी चाहिन्छ,” उनले भने।”यदि (रुसी प्रस्तावअनुसार) खोप बनाउने हो भने सरकारले आफैँ गर्ने हो कि स्थानीय उद्योगीलाई सहभागी गराउने हो त्यो निर्णय गर्नुपर्छ।”तर त्यो दीर्घकालीन योजना मात्र हुनसक्ने उनको धारणा छ।

प्रा. घिमिरेसँग हेस्टर बायोसाइन्सेज नेपाल प्रालिका सञ्चालक उद्योगी शेखर गोल्छा पनि सहमत छन्।
उनी तत्कालै नेपालमा मानवमा प्रयोग हुने खोप उत्पादनको सम्भावना नरहेको बताउँछन्।उनले भने, “हामीसँग मानव खोप निर्माणका लागि न विशेषज्ञता छ न क्षमता। अहिलेकै ‘प्लान्ट’लाई मानव खोप विकासमा लान सम्भावन छैन। तर हामीले यो कुरा आएपछि (नेपाल खोप विकासमा रुसले सहयोग गर्ने) हाम्रा वैज्ञानिकहरूलाई अनुसन्धान गर्न भनेका छौँ। किनकि हाम्रो भारतीय साझेदारले यसबारे काम गरिहरको छ।”स्रोत बिबिसी नेपाली सेवा

Recent Update