September 19, 2021, Sunday
२०७८ आश्विन ३

काेरियामा मृगौला पिडित बहिनीको पक्षमा मेरो अनुरोध …

853

उपेन्द्र ढुङगाना

यी बहिनी मगर म क्षेत्री । यिनी कुन जिल्लाकी हुन मलाई थाहा छैन र मैले यिनलाई यस भन्दा अगाडि कतै देखेको भेटेको वा चिनेको पनि थिएन । यिनी कोरिया कहिले आइन मलाइ त्यो पनि थाहा छैन र जान्नु पनि छैन । त, अहिले सुन्नमा आए अनुसार यिनको दुबै मृगौलाले काम गर्न छोडेर अस्पतालमा रैछिन र यिनलाइ उपचार खर्चको जरुरत रहेछ ।उनको यस्तो अवस्था मैले सामाजिक सञ्जाल मार्फत जानकारी पाए ।यिनको दुखत खबर थाहा पाउने बित्तिकै हाम्री नेपाली चेलीकाे उपचारमा सहयोग हाेस भनेर उनको खातामा एक लाख काेरियन वन जम्मा गरे। हुनत यो रकम यिनको उपचारमा लाग्ने खर्चको तुलनामा कुनै ठूलो रकम हैन, तर म जस्तो गरिबको पीडा झेल्न नसकेर बिदेशिन बाध्यता परेको श्रमिकको जिबन रक्षाको लागि भने केही राहत रकम हुन सक्छ । यिनलाई सहयोग गरेपछि मनमा केही भावनाहरु सृजना भए ।

मैले यहाँ आफुले गरेको सहयोगको प्रचार प्रसार गर्न खोजेको हैन र आफुलाइ महान देखाउन खोजेको पनि हैन।तर मेरो धारणाले एउटी चेलिकाे उपचारमा सबै नेपाली समुदाय समक्ष याे सन्देश प्रवाह हाेस भन्ने अपेक्षा चाहिँ पक्कै गरेको छु ।हाम्रा चेलीहरु र हाम्रा दाइभाई हरुकाे बिदेश पसेपछिकाे सम्बन्ध त्यति निकटताकाे त हुदैन, किन भने नेपाली चेलीले नेपाली दाईभाइ र नेपाली दाईभाइले नेपाली चलीलाई हेर्ने दुबै दृष्टिकोण मैले प्रस्ट अनुभुती गरेको छु ।दुबै पक्षका दृष्टिकोण निकै साँघुरा छन,निकै आलोचनात्मक पनि छन ।सायद विश्वभर जहाँ नेपाली छन त्यहाँ यस्तै समस्या छन हाेला ।विदेशमा नेपाली नेपाली विच मैले गरेको अपेक्षा भनेको यस्तै दुखमा हामीले नेपालीपना,नेपाली माया देखाउने हाे ।एउटा नेपालीलाई ऐैया हुदा अर्को नेपालीले हात दिने हाे,साथ दिने हाे ।त्यहि सात त्यहि हात यतिबेला काेरियाकाे कुनै अस्पतालमा मृगौला पिडित बनेर छट्पटी गरिरहेकि एक बहिनीको लागि आवश्यक छ ।

याम कुमारी मगर

यी चेलीका सपना,मेरा सपना ,तपाईंका सपना सायद विदेशीएपछि उस्तै थिए हाेला । एउटा सपना बाेकेर प्रदेशी बनेको मान्छे विरानाे मुलकमा गम्भीर राेगले थलिएपछि त्यो भन्दा ठुलो पीडा के हाेला ? त्यो पिडामा साच्चिकै साथ दिनुपर्ने कसले हाेला ? पक्कै साथ दिनुपर्ने सहयोग गर्नुपर्ने हामी नेपालीले नै हाेला ? अब त्यो समय यतिबेला आएको छ यी बहिनी प्रति नेपाली माया देखाउने । दक्षिण काेरियामा हामी नेपाली अन्दाजी ४० देखि ५० हजारकाे हाराहारीमा छाै ।यति धेरै संख्यामा काेरियामा कार्यरत नेपाली दाजुभाईहरुले आधा दिनकाे श्रम यी बहिनीको उपचारमा सहयोग गरेपनि यिनले आफ्नो राेगलाई जित्ने छिन ।हुन त दक्षिण काेरियामा एक नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गर्ने संस्कार बाक्लो नै छ ।त्यो संस्कार ,त्यो सहयोग ,त्यो सहयोगी भावना यतिबेला याे बहिनीको लागि आवश्यक छ ।विदेशी भुमिमा नेपाली चेली गम्भीर प्रकृतिको राेग सँग लडिरहेको बेला हामीले हाम्रो दानी मनलाई अलिकति खुकुलो बनाअाै ।हामी नेपाली ,जहा गएपनि सहयोगी,जहा गएपनि नेपाली एकता जिवित छ भन्ने सन्देश दिअाै ।यी मगर बहिनीको ज्यान बचाउन आफ्नो ठाउँ बाट सक्दाे सहयोग गराै ।जय मातृभूमि

नेपालकाे चितवन निवासी उपेन्द्र ढुङगाना हाल दक्षिण काेरियाकाे थाङ्जिनमा कार्यरत छन ।उनलेे विभिन्न सामाजिक सेवामा याेगदान गर्दै आएका छन ।दुबै मृगौला फेल भएर काेरियामा उपचार गराई रहेकि नेपाली चेली याम कुमारी थापा मगरलाई आर्थिक अभाव भएको हुदा उनको उपचारमा सहयोग हाेस भन्ने हेतुले ढुङगानाले व्यक्त गरेका धारणा यहाँ प्रकाशित गरेका छाै ।यदि तपाईंहरु पनि याम कुमारी बहिनीको उपचारमा सहयोग गर्न चाहानुहुन्छ भने उनको निम्न बैंक खातामा जम्मा गर्न सक्नुहुन्छ ।सम्पादक

पैसा पठाउन सकिने खाता नम्बर