January 19, 2021, Tuesday
२०७७ माघ ७

प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा भिड्दै नेपालकी छोरी सात वर्षिया प्रिन्शा खड्का

636

सात बर्षकी प्रिन्शा खड्का

गत बर्ष इजिप्टमा सम्पन्न winner of Tv Start Mini Model World 2019 & Best Dancer बन्न सफल बाल कलाकार प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागीता जनाएकी छिन ।

७ बर्षीया प्रिन्शा खड्काले प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएकी हुन । उनको इन्ट्रो भिडियो समेत सार्वजनिक भएको छ ।Kwiks Mini Little Champ Nepal 2019 बनेर विश्व मिनि माेडेल समेत प्राप्त गरेकी प्रिन्शा रुकुम निवासी हुन । भिडियो यहाँ https://youtu.be/V8f2SHWQkoA

हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीकाे कारगिल भाग २ म्युजिक भिडियोमा बाल कलाकारकाे रुपमा उत्कृष्ट अभिनय गरेकि छिन । यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारकाे रुपमा अभिनय गरेकी प्रिन्शालाई म्युजिक भिडियो बजारमा माग समेत बढेको छ। म्युजिक भिडियोमा बालकलाकारकाे रुपमा अभिनयकाे लागि धेरै ठाउँबाट प्रस्ताव आएको तर पढाइलाई मध्यनजर गर्दै उक्त प्रस्तावहरु निरन्तरता दिन नसकेको पारिवारिक स्राेत बताउछ ।

यस पटक पनि याे प्रतियोगितामा प्रिन्साले सफलता हात पार्ने अपेक्षा रहेको बुवा ऋषिराम खड्का बताउछन् ।यसपटक अनलाइन बाट हाे ,मेहनत राम्रैँ छ आशा गराै बुवा ऋषिराम बताउँछन् । छाेरीकाे सम्पुर्ण कला, सृजनाकाे व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिराम गर्छन् ।पढाइमा पनि उत्तिकै मेहनति प्रिन्शाले यस पटक अनलाइन मार्फत आफ्नो कला प्रस्तुत गर्नेछिन ।