January 19, 2021, Tuesday
२०७७ माघ ७

कोरोना भाइरसको त्रासले देशका ४९ जिल्ला निषेधाज्ञा

81

काठमाडौं – नेपालमा कोरोना संक्रमित दिनानुदिन बढ्दो छ । जसका कारण जनता कोरोनाको त्रासमा बाचिरहेका छन् । कोरोना  बढेसँगै कोरोना भाइरस संक्रमणको त्रासले विभिन्न ४९ जिल्लामा निषेधाज्ञा भएको छ ।

संक्रमण फैलदै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि ३९ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको छ । १० जिल्लामा भने आंशिक निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको नियन्त्रणका लागि निषेधाज्ञा या लकडाउन गर्ने अधिकार प्रदेश, जिल्ला तथा स्थानीय तहलाई प्रत्यायोज गरिएपछि आइतबार बिहानसम्म ४९ जिल्ला र कयौँ पालिकाहरूमा अनेकखाले प्रतिबन्ध लगाइएको छ ।

गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार जिल्लामा संक्रमणको अवस्थालाई मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लाभर वा आंशिक निषेधाज्ञा र पालिकाहरूमा स्थानीय तहका पदाधिकाहरूले लकडाउन, सिल तथा निषेधाज्ञा जारी गरेका छन् ।

मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरसहितका ३९ तराईका  सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, सिरहा, रौतहट, लगायतका जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै संखुवासभा, रुपन्देही, चितवन, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कञ्नपुर, डडेल्धुरा र तेह्रथुममा पूर्ण निषेधाज्ञा गरिएको छ ।

यसअतिरिक्त बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ छन् ।

नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा भने आंशिक निषेधाज्ञा गरिएको छ ।