October 31, 2020, Saturday
२०७७ कार्तिक १६

साम्बोे खेलाडी भगवती माझीको लकडाउन : कतिबेला पढछु कतिबेला शरिर तन्काउछु

3K

भगवती माझी

फुर्सदको समयमा गित सङ्गित सुन्ने तथा पुस्तकहरु पढन रुचाउने अघिपछि खेलमै ब्यस्त हुने एउटा पुस्ताकि चर्चित साम्बो खेलाडी भगवती माझीको लगडाउन कसरी वितिरहेको छ त ? उनकै शब्दमा………..

लगडाउनको अघिल्लो दिन नै काठमाडौ बाट रामेछाप आए ।प्राय दशै तिहारमा मात्रै घरमा आउने अवसर हुन्थ्यो ।तर यसपटक विश्व नै आतंकित पार्ने कोरोना भाइरसले गर्दा अर्कै परिस्थितिले घर पठायो । गाउँमा र घरमा बस्दा नयाँ अनुभुती गरिरहेको छु ।

करिव १० बर्ष पछि यति लामो बसाइँ गाउँमा हुन्छ जस्तो लागेको छ ।घरमा आउदा मन खुसि छ ।तर अर्को तर्फ सारा विश्व लाई रुवाइ रहेको महामारीले त्यो खुसि हराइदिन्छ । गाउँमा बस्दा बाल्यकालको झलझल्लि याद आइरहेको छ ।

नियमित ब्यायाम केही कम भएको छ ।तर पनि गाउँमा उपलब्ध वातावरण सग घुलमिल भएर हल्का ब्यायाम पनि गरिरहेको छु ।साझँ विहान शरिर तन्काउने काम छाडेको छैन । हामी खेलाडीहरुको लागि दैनिक ब्यायाम नियमित आवश्यकता हो ।अरु फुर्सदमा पुस्तकहरु पढछु ।साथीहरू सग विभिन्न माध्यम बाट के कस्तो छ अहिलेको अवस्था जानकारी लिन्छु ।

मलाई सबै सग घुलमिल हुन कुराकानी गर्न रमाइलो लाग्छ ।कतिबेला गित संगित पनि सुन्छु।फुर्सदमा पुस्तकहरु पनि पढछु ।अहिले विजय कुमारको खुसि पुस्तक पढिरहेको छु ।यस अगाडि राम्रा राम्रा लेखक का पुस्तकहरु पढिसकेको छु ।


गाउँमा खाना कति मिठो हुन्छ टन्न खान्छु ।मुलको पानी,आफ्नै बारिको साग सबै चिज अर्गा्निक पाउछ।घरको काम पनि सघाउने गरेको छु ।गाउँमा लगडाउन शहरको जस्तो कडा छैन ।तर सतर्कता भने राम्रो छ ।
लगडाउन नभएको भए यतिबेला साउथ यसियन विच गेम र विश्व च्याम्पियन गेमको तयारी गरिरहेको थिए ।तर अब त्यो सम्भावना भएन ।मैले हाल सम्म ७,८ वटा देशमा नेपालको तर्फबाट सहभागी भएर स्थान समेत प्राप्त गरिसकेको छु ।

थाईल्याण्डमा आयोजित एसियन बिच गेममा साम्बो तर्फबाट तेस्रो स्थान हासिल गरि राष्ट्रलाई अन्तर्रा्ष्ट्रिय पदक दिए भने विश्व च्याम्पियनसिप एसियन कुराश तर्फ जाकार्तामा पनि सहभागी भए ।

मैले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेल जगतमा ( साम्बो, कुराश, कराते, उशु, सामुराई आदि ) माध्यमबाट राष्ट्रलाई पदक दिलाई सकेको छु । खासमा म आफुलाइ स्पेसल साम्बो खेलाडी भन्न रुचाउछु । रेस्लिङ पनि अलिअलि आउँछ ।४ पटक जति रेस्लिङ पनि खेलेको छु ।


मेरो अनुरोध भनेको हाम्रा चाहाना सपना अहिले केही समय थन्क्याएर राखौ ।कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले जारि गरेको आदेश इमानदारीपूर्वक पालना गरौ ।यो समय कसरी बाँच्ने भन्ने मात्रै समय हो ।त्यसैले आफु पनि बाँचौ अरुलाइ पनि बचाउ ।

Recent Update