April 11, 2021, Sunday
२०७७ चैत्र २९

काेराेना भन्दै छि छि गर्नेहरुलाई केही शब्द …….!

379

तारक प्रतिभा केसी

खासमा भन्नुपर्दा मलाई यो कोरोना नामक आतंक संग कुनै विश्वास र भय छैन् । म मेरो समाज, मेरो समाजको सँकुचित र सङ्कालु दृष्टिकोण,विश्वले यस प्रतिकाे थाेरै दिएको मान्यता लाई मात्रै केही हद सम्म पालना गर्दछु ।यद्यपि मलाई काेराेना सँग डर लागेर मैले प्रतिबन्धहरु पालना गरेको हाेइन ।

सकभर म अन्तिम समय सम्म मेरो पिसिआर समेत परिक्षण गर्ने छैन भन्ने साेच म सँग आउछ ,किन कि यसको उपचार नै छैन, बरु म उच्च मनाेवलका साथ मेरा गतिविधिहरु संचालन गरिरहने छु ।हाल सम्म विश्वका बैज्ञानिकहरुकाे काेराेना बारेमा किन एकीकृत धारणा आएको छैन त ? बरु झन पछि झन याे काेराेना केही हाेइन भन्ने जमात बढदै छ ? अब हामीले जबर्जस्ती याे प्रकृति सँग नडराउने समय आएको हुनुपर्छ ।

हामी सबैलाई थाहा छ ,काेराेना संक्रमणकाे ट्याग लागेपछि उक्त राेगले भन्दा यहाँ समाजको छि छि दुर दुर र तिस्कारले मान्छे मर्नेवाला छन ।हामीले भाग्दै आएको तितो यथार्थ यहि त हाे ।कुनैपनि कुराको गहिराई र सत्यतामा पुग्न प्रयास नै नगर्ने बानी जसले जे हल्ला चलायो त्यसको पछि दौडमा लाइन लाग्ने प्रबृतिले कति परिवारलाई तनाव भएको छ थाहा नै छ ।

अरुले तयार गरिदिने प्रचार सामग्री र विज्ञापनलाई चर्को स्वरमा कुर्लने र बजाउने परिपाटी अरु समय स्वस्थ ,स्वच्छ मर्यादित र पूर्ण सरसफाइयुक्त जीवनशैली नअपनाउने ब्यहोरा मानव शरीरका लागि आवश्यक पोषणयुक्त आहार ब्यहार र व्यबहार जैबिक खानपानमा ध्यान नदिने अनि त्यही कारण सिर्जित रोगहरुबारे भने मौन तर हल्लाको पछाडी दौडमा लाइन लाग्नेहरुले समाजलाई थप भयबित र असन्तुलन बनाउदै लिएकोमा दुइमत रहेन ।

हाम्रो भन्दा अगाडिको पुस्ता रुढीबादी भयो, परम्परागत र रुढीबादी कुरालाई धेरै बिश्वास गर्यो यसै कारण समाजको प्रगतिशील रुपान्तरण हुन सकेन भुत ,प्रेत , पिचास देखि अलौकिक कुराको भयमा समाज जेलियो भन्ने दुरुन्धर क्रान्तिकारी र जतिबेला पनि परिवर्तन – परिवर्तन प्रगतिशील शब्दको ओठे मन्त्रोचरन गर्नेहरु आज कोरोना शब्द मात्र सुन्ने बित्तिकै किन यति हतास किन यति संङ्किर्ण किन यति भयबित बनेको ?

शरीर कुनै न कुनै दिन कुनै न कुनै एक दुई ब्याधिको लक्षण सहित ब्रहमलिन हुने नै हो शरीरका कोष तन्तु र अंग प्रत्याङहरुले काम गर्न छोडेपछि रक्त सन्चार, स्वासप्रस्वास हुँदै सबै चालहरु बन्द भएपछि मुटुको चालपनि बन्द हुने होला अनि मृत शरीरमा चेकजाँच गरेपछि नतिजा त पोजेटिभ आउने नै भयो नि medicaly स्वास्थको नतिजा कि नेगेटिभ कि पोजेटिभ रक्त समूह कि नेगेटिभ कि पोजेटिभ प्रजनन प्रक्रियाको नतिजा नेगेटिभ पोजेटिभ यो भन्दा अरु कुनै नतिजाको मापदण्ड छ र ? अनि महामारी र महाब्याधी नै हो भने पोजेटिभ नतिजा आएका सबै किन फर्किरहेका छन् त १२/१३ दिन बसेर ?

आज ८ महिनाको अवधिमा विगतमा अन्य रोगको कारण कति मान्छेले मृत्युवरण गरेका थिए ? विश्व हुँदै नेपालका अस्पतालमा भर्ना भएका बिरामिहरुको ५/६ महिनाको अन्तरालमा हरेक महिना हुने मृत्युदर के थियो ? हाल आएर अन्य रोगको कारण मृत्युु भएकाहरुको किन १ जनाको पनि संख्या देखिदैन ? आज महामारीको मुहान चाईनाको वुहान किन र कसरी ब्यापार ब्यबसाय विद्यालय , खेलकुद , रंगमन्च हुँदै उसका सम्पूर्ण पुर्ववत गतिविधि सन्चालन गरिरहेको छ ?

आज साउदी दुबै मलेसिया कतार हुँदै खाडि मुलुकहरूका श्रम बजारहरु किन र कसरी गुल्जार अवस्थामै छन्? जापान, अस्ट्रेलिया, दक्षिण कोरिया ,सिङापुर ,हुँदै युरोप र विश्वका ठुला आवादी भएका मुलुकहरु बे प्रबाह आफ्नो गतिविधि र दैनिकीमा ब्यस्त छन् ? हामी किन ? के नेगेटिभ रिपोर्ट आउदैमा अजम्बरी हुने र पोजेटिभ आउदैमा निमेष भरमै सबै सकिने पनि होईन आज Hiv Aids जस्ता प्रराणघातक रोगहरुबाट समेत विश्व आक्रान्त छ , जसबाट बर्षेनी कति मानिसहरुको ज्यान गैइरहेको छ भने अर्को तर्फ बर्षेनी देखापर्ने नयाँ – नयाँ र मौसमी महामारीको र संक्रमण बाट प्रभाबितहरुको अवस्थावारे ध्यान नै छैन् ।

पिसिआर परिक्षणका नाममा पोजेटिभ रिपोर्ट देखाउदा समाज, समुदाय ,परिवार र व्यक्तिले बाच्ने जीवनप्रति मानिसहरुको घृणा र हेयको दृष्टिकोणलाई बढावा दिने काम गरेको छ ।यो हल्ला र परिक्षणले किन परिक्षण रिपोर्टको आधारमा मानिस बाच्ने दिनसम्म उसको समग्र स्वास्थ अवस्था बारे नेगेटिभ पोजेटिभ जे भए पनि एक पक्षको पूर्ण ग्यारेन्टी हुनुपर्ने नत्र यो परिक्षण र अफवाहले समाजलाई थप बिचलित र विखण्डित बनाउने तर्फ दुईमत छैन । यथार्थ धरातलमा हेर्दा ८ महिनाको अवधिमा विश्वमा कुन कुन रोगको कारण कति मानिसको ज्यान गयो तलको आंकडा बाट पनि प्रष्ट हुन् सकिन्छ ।

मेरो जिल्ला रुकुममा एउटा सरकारी कार्यालयका ९ जनाकाे चाैरजहारी प्रयाेगशालामा पाेजेटिभ रिपोर्ट आयो भनेर एकपटक जिल्ला आतंकले हल्लियाे तर उनै ९ जनाकाे पुनः सुर्खेत मा परिक्षण गर्दा नेगेटिभ आयो ।अब भन्नू हाेस हाे के याे ? यी नाै जनाले कति मानसिक तनाव झेले हाेला ,उनका आफन्त ,तथा घरपरिवारमा कति असर भयो हाेला ? यस्तै अवस्था रहि रहे मानिसहरु जर्मनी जस्तै लगाएका प्रतिबन्धहरु उलंघन गर्दै सडकमा आउन बेर लाग्ने छैन ।उच्च मनाेवल बनाउदै अगाडि बढाै । लेखक तारक प्रतिभा केसी नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य हुन ।