October 24, 2020, Saturday
२०७७ कार्तिक ८

रोगले सकेन भोकलाई छेक्न

168

काठमाडौं – काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु भएपछि खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा खाना खान आउनेहरु बढेका छन् । स्वयं सेवकले खाना बाँड्ने बेलामा बस टर्मिनलमा ५/६ वटा लामो लाइन देखिन्छ ।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वयंसेवकले सुरुमा खाना खान बस्ने क्षेत्र निसंक्रमण (डिस इन्फेक्सन) गर्छन् । खाना खान आउनेहरुको तापक्रम नाप्छन् । ज्वरो आएकाहरुलाई अलग्गै राखेर खाना दिन्छन् ।

हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेको केही दिनपछि २०७५ चैत १८ गतेदेखि सडकमा निरन्तर खाना खुवाउँदै आएको छ ।

अहिलेसम्म देश विदेशमा रहेका शुभचिन्तक र सामाजिक अभियन्यताहरुको सहयोगमा खाना खुवाउँदै आएको एक अभियन्ता बद्रीप्रसाद ढुंगानाले जानकारी दिए ।

पहिलो चरणको लकडाउनमा दिनमा एक हजार जना भन्दा बढीले खाना खाए पनि अहिले ४ देखि ५ सयको हाराहारीमा हुने गरेका छन् ।

Recent Update